भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

विकास र विनाश सँगसँगै: हरेक वर्ष काटिन्छ हजारौं रुख

विकास र विनाश सँगसँगै: हरेक वर्ष काटिन्छ हजारौं रुख

काठमाडौं,  २३ असार । पूर्वाधार विकासका नाममा हरेक वर्ष झण्डै एक लाख २० हजार रुख काटिने गरेको तथ्य सार्वजनिक भएको छ। सडक, सिँचाइ, ऊर्जा, रेलमार्ग, विमानस्थल, केबुलकार, तथा सरकारी भवन निर्माणका नाममा यति ठूलो संख्यामा रुख कटान हुने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव दीपक ज्ञवालीका अनुसार विगत ६ वर्षको तथ्याङ्कको विश्लेषण गर्दा हरेक वर्ष सरदर ४५ वटा आयोजना निर्माणका लागि करिब ६०५ हेक्टर वन क्षेत्र कटान हुँदै आएको छ। “एउटा आयोजना निर्माणका लागि औसतमा १४ हेक्टर वन क्षेत्र प्रयोग हुने र त्यसअनुसार रुख काट्नुपर्ने अवस्था रहेको छ,” सहसचिव ज्ञवालीले जानकारी दिए।

उनका अनुसार विकास योजनाका लागि मन्त्रालयमा वार्षिक झण्डै १०० वटा निवेदन पेस हुने गरेका छन्, तीमध्ये करिब आधालाई रुख कटानको अनुमति दिइने गरिएको छ। यसैबीच, पहिले लागू गरिएको क्षतिपूर्तिको रुपमा रुख रोप्ने व्यवस्था हटाइएको छ।

यसअघि एउटा रुख काट्दा २५ वटा रुख रोप्नुपर्ने कानुनी व्यवस्था थियो। तर, आयोजनाहरूले रुख हुर्काउने जिम्मेवारी प्रभावकारीरूपमा पुरा गर्न नसकेको भन्दै अब उक्त खर्च वन विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको सहसचिव ज्ञवालीले बताए।

यता, सरकारले सन् २०२५ देखि २०४५ सम्म ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्दै वार्षिक तीन करोड बिरुवा रोप्ने योजना अघि सारेको छ। एकातर्फ रुख कटानको सङ्ख्या वर्षेनि बढ्दो छ भने अर्कोतर्फ क्षतिपूर्तिका कार्यक्रमहरू व्यवहारमा कार्यान्वयन नहुनु वातावरण संरक्षणको दृष्टिले चिन्ताको विषय बनेको छ।

 


Thali Mobile Pvt.Ltd.