भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

झापामा करेण्ट लागेर एकजनाको मृत्यु

झापामा करेण्ट लागेर एकजनाको मृत्यु

झापा, २३ असार । झापाको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलमा आइतबार साँझ करेण्ट लागेर एकजनाको मृत्यु भएको छ।

मृतक ३९ वर्षीय रोशन जिमी घर नजिकैको खेतमा रोपाइँका लागि पानी तान्ने मोटर सेट जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार साँझ ७ बजेतिर जिमीलाई करेन्ट लागेपछि स्थानीयवासीले तुरुन्तै उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएका थिए।

तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.