भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

वाशिङ्टनमा अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच आज निर्णायक भेटवार्ता

वाशिङ्टनमा अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच आज निर्णायक भेटवार्ता

वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ।

यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा हेरिएको छ । समाचार संस्था अलजजिराका अनुसार यो वार्ता युद्धविरामसम्बन्धी प्रयासमा महत्त्वपूर्ण मानिएको छ, यद्यपि दीर्घकालीन सफलताप्रति विश्लेषकहरू अझै सशङ्कित छन्।

यो वर्षभित्र नेतन्याहू र ट्रम्पबीच हुने यो तेस्रो भेट हो। गत हप्ता राष्ट्रपति ट्रम्पले गाजामा ६० दिने युद्धविरामका लागि इजरायल तयार भएको दाबी गरेका थिए। उनले यसलाई स्थायी शान्तिको सम्भावित सुरुवातका रूपमा समेत व्याख्या गरेका थिए।

यता, इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता पनि कतारको राजधानी दोहामा पुनः सुरु भएको छ। यो वार्ता नेतन्याहू अमेरिका प्रस्थान गर्नु अघि नै सुरु भएको हो। कतार यस द्वन्द्वमा मध्यस्थकर्ताको रूपमा सक्रिय रहँदै आएको छ।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहाको वार्ता मुख्यतया युद्धविरामका शर्तहरू, बन्धक तथा बन्दीहरूको आदानप्रदान, र गाजाको राफा नाका पुनः सञ्चालन गर्न केन्द्रित हुनेछ।

गाजामा पछिल्लो समय मानवीय अवस्था निकै संकटपूर्ण बन्दै गएको छ, र यही सन्दर्भमा आजको भेटवार्ताबाट युद्ध अन्त्य र राहतको अपेक्षा गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.