भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाई हटायो’ शेख हसिना

‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाई हटायो’ शेख हसिना

काठमाडौं । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएको भारतीय सचारमाध्यमले जनाएका छन् ।

हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलोपटक मुख खोल्दै आफ्नो सन्देशमा बंगलादेशी नागरिकहरूलाई कट्टरपन्थीहरूबाट भ्रममा नपर्न चेतावनी दिएकी छन् । आफ्ना नजिकका सहयोगीहरू मार्फत शेख हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएँकी हुँ । उनीहरु विद्यार्थीहरूको शवमाथि सत्तामा आउन चाहन्थे तर मैले यो हुन नदिई प्रधानमन्त्री पदबाट राजीनामा दिएँकी हुँ ।

म छिट्टै फर्कन्छु’ ‘यदि म देशमा बसेको भए, धेरैले ज्यान गुमाउने थिए र धेरै स्रोतहरू नष्ट हुने थिए । मैले छोड्ने धेरै गाह्रो निर्णय लिए । म तपाईंको नेता भएँ किनकि तपाईंले मलाई छान्नुभयो, तपाईं हुनुहुन्छ । धेरै नेताको हत्या भएको कार्यकर्तालाई उत्पीडन गर्ने, घरमा तोडफोड र आगजनी भएको खबर सुनेर मेरो मन आँसुले भरिएको छ, सर्वशक्तिमान अल्लाहको कृपाले म चाँडै फर्कनेछु।’ शेख हसिनाले अवामी लिगले बारम्बार आवाज उठाएको बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.