भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

हावाहुरीले ग्रामीण क्षेत्रका विद्युत् र खानेपानी अवरुद्ध, धेरै घाइते

हावाहुरीले ग्रामीण क्षेत्रका विद्युत् र खानेपानी अवरुद्ध, धेरै घाइते

बाँके । नेपालगन्ज सहरसँगै बाँकेका धेरै ग्रामीण क्षेत्रमा विद्युत् र खानेपानी वितरण बन्द भएको छ । हिजो साँझ चलेको हावाहुरीले बिजुलीका पोलहरू ढालेकालेका छन् भने पानी वितरण अवरुद्ध भएको हो । ट्रान्सफर्मरसहितका पोल सडकमै ढलेकाले सडक यातायातसमेत बन्द भएको छ ।

गुणस्तरहीन पोल ढलेको पाइएको हो । घरहरूमासमेत क्षति पुगेको छ । भीषण हावाहुरी र पानीका कारण प्राय जसो सबै स्थानहरूमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुगेका कारण विद्युत् अवरुद्ध भएको विद्युत् प्राधिकरण नेपालगन्ज शाखाले जनाएको छ ।

राप्ती नदी माथिका पोल भाँचिएको र तार चुडिएर नदीमा खसेको प्राधिकरणले बताएको छ । कोहलपुर स्टेसनबाट नेपालगन्ज ल्याइएका बिजुलीका २ वटा सर्किट बन्द भएका छन् । जानकी गाउँपालिकाका तारुल साही, फतिमा साही, मुस्ताक अली, नेपालगन्जका अमर थापा क्षेत्री, निलसागर आश्रमकी एक महिला र सिरिया सिंह घाइते भएको प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले बताए ।

 


Thali Mobile Pvt.Ltd.