भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १९ घाइते

दैलेखबाट सुर्खेत आउँदै गरेको बस दुर्घटना, २ जनाको मृत्यु, १९ घाइते

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर–१४ स्थित कटकुवामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काले बताए । कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस सोमबार दिउँसो साढे १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते १७ जनाको कर्णाली केयर हस्पिटल र २ जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको सुर्खेतका प्रहरी प्रमुख खड्काले बताए । घटनाको थप विवरण आँउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.