भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर आयोजना

गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर आयोजना

बलेवा, १० जेठ । बरेङ गाउँपालिका–३ बाटाकाचौरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर आयोजना गरिएको छ। बिहीबार आयोजित शिविरमा ८२ वर्षीया भागीरथी लुहार र ७० वर्षीया विष्णु थापाले गाउँमै विशेषज्ञ सेवा लिएर खुशी व्यक्त गरिन्। लुहारले पेट दुखाइको उपचार र थापाले कन्सल्टेन्ट फिजिसियन डा. सन्दिप सापकोटाबाट जाँच गरी औषधि पाइन् ।

धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकहरूको सहभागितामा सञ्चालित यो शिविरमा डा. हेमन्त बाँस्तोला, डा. सन्दिप सापकोटा, डा. सन्दिप केसी र डा. आशिष सापकोटाले बिरामीको जाँच गरे। सन्तोष सुवेदीले औषधि वितरण र आशिष शाक्यले प्रयोगशाला सेवा संयोजन गरे। शिविरमा ४ सयभन्दा बढी बिरामीले सेवा लिएका छन् ।

शिविरमा सुगर, प्रेसर, हाडजोर्नी, बाल रोग, महिला प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो। अधिकांश ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएका छन्। डा. हेमन्त बाँस्तोलाले अधिकांश बिरामीमा सुगर र प्रेसर समस्या देखिएको बताए । बरेङ गाउँपालिका र वडा कार्यालयको आयोजनामा, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वय र दुवै अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालित हो। गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले सर्ने र नसर्ने रोगको पहिचान र निदानका लागि शिविर आयोजना गरिएको जानकारी दिए। वडाध्यक्ष शेरबहादुर खनालले स्थानीयको मागअनुसार विशेषज्ञ सेवा उपलब्ध गराइएको बताए। उद्घाटन गर्दै स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकारले नागरिकको नजिक स्वास्थ्य सेवा पुर्‍याउन प्रतिबद्ध रहेको उल्लेख गरे ।

 


Thali Mobile Pvt.Ltd.