भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नारायणगढ–बुटवल सडक खण्ड र कान्ति लोकपथ अवरुद्ध, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोगको आग्रह

नारायणगढ–बुटवल सडक खण्ड र कान्ति लोकपथ अवरुद्ध, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोगको आग्रह

काठमाण्डौ । पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने र कान्ति लोकपथ अन्तर्गत हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन्। नारायणगढ–बुटवल सडकको नवलपरासी दाउन्ने क्षेत्रमा हाल सडक विस्तारको काम भइरहेको छ।

यहाँ वर्षाका कारण सडक चिप्लो भएका कारण गाडीको आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार, वर्षाका कारण सडक चिप्लो भइ पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रा गर्ने यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक विस्तारको कामको कारण, दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिन्छ। हाल, दाउन्नेमा गाडीको लामो लाइन देखिएको छ। त्यसैगरी, हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ पनि अवरुद्ध छ।

बागमती नदीमा बाढी आउने कारण, कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिहान ६ बजेदेखि गाडीको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। प्रहरीले हेटौँडा–काठमाण्डौ यात्रामा रहेका यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.