भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नारायणगढ–बुटवल सडक खण्ड र कान्ति लोकपथ अवरुद्ध, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोगको आग्रह

नारायणगढ–बुटवल सडक खण्ड र कान्ति लोकपथ अवरुद्ध, यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोगको आग्रह

काठमाण्डौ । पानी परेका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने र कान्ति लोकपथ अन्तर्गत हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएका छन्। नारायणगढ–बुटवल सडकको नवलपरासी दाउन्ने क्षेत्रमा हाल सडक विस्तारको काम भइरहेको छ।

यहाँ वर्षाका कारण सडक चिप्लो भएका कारण गाडीको आवागमन रोकिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार, वर्षाका कारण सडक चिप्लो भइ पूर्ण रूपमा अवरुद्ध भएको छ। यात्रा गर्ने यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

सडक विस्तारको कामको कारण, दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिन्छ। हाल, दाउन्नेमा गाडीको लामो लाइन देखिएको छ। त्यसैगरी, हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ पनि अवरुद्ध छ।

बागमती नदीमा बाढी आउने कारण, कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

बिहान ६ बजेदेखि गाडीको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। प्रहरीले हेटौँडा–काठमाण्डौ यात्रामा रहेका यात्रु र गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.