भर्खरै : Sorry, your browser does not support inline SVG.

इजरायलले पानीको आपूर्ति बन्द गर्ने

इजरायलले पानीको आपूर्ति बन्द गर्ने

एजेन्सी । गाजा क्षेत्रमा इजरायलले विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको छ। इजरायलले हमास समूहलाई ५९ जना बन्धकको रिहाइका लागि दबाब दिन विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।

इजरायलले पानीको आपूर्ति बन्द गर्ने विषयमा पनि सोचिरहेको बताएको छ। हमास समूहसँग भएको युद्धविरामको पहिलो चरण कार्यान्वयन भए पनि दोस्रो चरणमा आइपुग्दा फेरि तनाव सुरु भएको छ।

युद्धविरामको पहिलो चरणमा ३३ बन्धक रिहा गरेको हमासले दोस्रो चरण सुरु गर्नेबारे वार्ता र छलफल नै नभएको बताएको छ। नेपालका विपिन जोशी सहित ५९ जना बन्धक रिहाई अझै अनिश्चित छ।

इजरायलका ऊर्जामन्त्री एली कोहेनले विद्युत निगमलाई गाजातर्फको आपूर्ति कटौती गर्न आदेश दिइसकेको बताए। उनले बाँकी बन्धकको रिहाइका लागि आफूहरुसँग भएका सबै विकल्पहरु प्रयोग गर्ने क्रममा विद्युत आपूर्ति बन्द गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ।

गत हप्ता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य अत्यावश्यकीय वस्तु लिएर जाने गाडीहरु रोकेको थियो।

 


Thali Mobile Pvt.Ltd.