भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोशी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना

कोशी र बागमती प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना

काठमाण्डौ, २४ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी र बागमती प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना जनाएको छ। अहिले काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा हल्का पानी परिरहेको छ।

गएराति पूर्वी र मध्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका केही ठाउँमा वर्षा हुने र कोशी र बागमतीको पहाडी भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.