भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध, यातायात पूर्णरूपमा ठप्प

कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध, यातायात पूर्णरूपमा ठप्प

काठमाण्डौ, २४ साउन । कर्णाली राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर दुवै पहिरोका कारण अवरुद्ध भएका छन्। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डमा कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाडाँचक्र नगरपालिका–५ बिहानीमा लगातार वर्षापछि पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ र हाल सडक सफा गर्ने कार्य भइरहेको छ।

यसैगरी, कालीगण्डकी करिडोर पनि हिजोको ठूलो वर्षाका कारण बाग्लुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक सुनिल शर्माका अनुसार पहिरोका कारण सदरमुकामसँग दक्षिण बाग्लुङको सीधा यातायात सम्पर्क विच्छेद भएको छ।

करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी तथा बाग्लुङ–बुटवल, भैरहवा र सुनौली जाने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छाउने काम भइरहेको र दिउँसोसम्म सडक सुचारु गर्ने लक्ष्य राखिएको प्रहरीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.