भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध, यातायात पूर्णरूपमा ठप्प

कर्णाली राजमार्ग र कालीगण्डकी करिडोर पहिरोले अवरुद्ध, यातायात पूर्णरूपमा ठप्प

काठमाण्डौ, २४ साउन । कर्णाली राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर दुवै पहिरोका कारण अवरुद्ध भएका छन्। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डमा कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाडाँचक्र नगरपालिका–५ बिहानीमा लगातार वर्षापछि पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार पहिरोले सडक पूर्णरूपमा बन्द भएको छ र हाल सडक सफा गर्ने कार्य भइरहेको छ।

यसैगरी, कालीगण्डकी करिडोर पनि हिजोको ठूलो वर्षाका कारण बाग्लुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक सुनिल शर्माका अनुसार पहिरोका कारण सदरमुकामसँग दक्षिण बाग्लुङको सीधा यातायात सम्पर्क विच्छेद भएको छ।

करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी तथा बाग्लुङ–बुटवल, भैरहवा र सुनौली जाने लामो तथा छोटो दूरीका सवारीसाधन रोकिएका छन्। अहिले पहिरो पन्छाउने काम भइरहेको र दिउँसोसम्म सडक सुचारु गर्ने लक्ष्य राखिएको प्रहरीको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.