भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनै पूर्णिमामा पौष्टिक क्वाँटी खाने परम्परा, स्वास्थ्य लाभसमेत धेरै

जनै पूर्णिमामा पौष्टिक क्वाँटी खाने परम्परा, स्वास्थ्य लाभसमेत धेरै

काठमाण्डौ, २४ साउन । आज जनै पूर्णिमाको अवसरमा एघार थरिका गेडागुडी मिसाएर टुसा उमारेर बनाइने पोषणयुक्त परिकार ‘क्वाँटी’ खाने परम्परा रहेको छ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला र मुंगलगायतका गेडागुडी मिसाएर बनाइने यो परिकार विशेषगरी नेवारी समुदायमा लोकप्रिय छ।

नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो। बर्खाको मौसममा खेतीपाती गर्ने किसानलाई पौष्टिक आहारको आवश्यकता हुने भएकाले क्वाँटी खाने चलन छ। पानीमा भिजाएर टुसा उमारिएका गेडागुडी पकाएर बनाइने क्वाँटीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने, पेट सफा गर्ने र चिसो हटाई शरीरमा तापको सञ्चार गर्ने धार्मिक तथा आयुर्वेदिक विश्वास छ।

डाक्टरका अनुसार क्वाँटीमा पाइने विभिन्न पोषक तत्वहरूले स्वास्थ्यलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउँछन्।

 


Thali Mobile Pvt.Ltd.