भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जनै पूर्णिमामा पौष्टिक क्वाँटी खाने परम्परा, स्वास्थ्य लाभसमेत धेरै

जनै पूर्णिमामा पौष्टिक क्वाँटी खाने परम्परा, स्वास्थ्य लाभसमेत धेरै

काठमाण्डौ, २४ साउन । आज जनै पूर्णिमाको अवसरमा एघार थरिका गेडागुडी मिसाएर टुसा उमारेर बनाइने पोषणयुक्त परिकार ‘क्वाँटी’ खाने परम्परा रहेको छ।

मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला र मुंगलगायतका गेडागुडी मिसाएर बनाइने यो परिकार विशेषगरी नेवारी समुदायमा लोकप्रिय छ।

नेवारी भाषामा ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो। बर्खाको मौसममा खेतीपाती गर्ने किसानलाई पौष्टिक आहारको आवश्यकता हुने भएकाले क्वाँटी खाने चलन छ। पानीमा भिजाएर टुसा उमारिएका गेडागुडी पकाएर बनाइने क्वाँटीले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने, पेट सफा गर्ने र चिसो हटाई शरीरमा तापको सञ्चार गर्ने धार्मिक तथा आयुर्वेदिक विश्वास छ।

डाक्टरका अनुसार क्वाँटीमा पाइने विभिन्न पोषक तत्वहरूले स्वास्थ्यलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउँछन्।

 


Thali Mobile Pvt.Ltd.