भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

व्यस्त बन्दै नलिञ्चोक हेलिपोर्ट

व्यस्त बन्दै नलिञ्चोक हेलिपोर्ट

भक्तपुर । केही समय यता भक्तपुरको नलिञ्चोक हेलिपोर्ट व्यस्त बन्दै गएको छ । यस हेलिपोर्टबाट हालसम्म २४८ उडान तथा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित गत असार ८ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको यो हेलिपोर्टमा १२४ उडान र १२४ हेलिकोप्टर अवतरण भएका छन् । १२ वटा कम्पनीका ३४ हेलिकोप्टरमध्ये नलिञ्चोकबाट हाल १० वटा हेलिकोप्टरले उडान तथा अवरतण गर्दै आएका छन् ।

१७ वटा हेलिकप्टर उडान तथा अवतरण गर्न सक्ने क्षेमताको यो हेलिपोर्ट सञ्चालनमा आएपछि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा र बाँकी हेलिकोप्टरले पोखरा, लुक्ला, नेपालगन्जलगायतका स्थानमा रात्रिकालीन बिसान गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.