भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘तिम्रै झझल्को’ लिएर आइन् बबिना

‘तिम्रै झझल्को’ लिएर आइन् बबिना

काठमाडौं । कसैसंग माया बस्यो भने आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । उनले दिएकी चोट, उनले दिएकी धोखा, उनले दिएकी पिडाले मनमा आँधी, हुरी, हुण्डरी उत्पन्न गर्छ अनि त्यो आँधी हुरीले कसैको मनमा स्वच्छ भावले निरन्तर प्रज्वलित दीप झ्याप्प निभाउँछ ।

अनि त्यो दीप कहिल्यै बल्दैन । त्यो धोखाले आँखाबाट आएको बाढीले विश्वासको भरोसालाई बगाएर कता पुर्याउँछ कता । गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले लेखेका यस्तै विरही भावको गीत ‘तिम्रै झझल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ ।

ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

गीत
तिम्रै झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा
झुटो रै छ तिम्रो माया छाड्यौ मलाई विचै बाटोमा ।

झेल गर्नेको विचमा साँचो माया हराउँछ
मनमा आँधी हुरी चले प्रेमको दियो निभाउँछ
आँखाबाट बाढी आउँदा भरोसा नै बगाउँछ ।

आकाशको जून सक्दिन छुन धर्तीमा बसेर
ये मेरा प्यारा भयौ नि टाढा बाँचेकी छु तिमीलाई सम्झेर
झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा ।
झुटो रै छ तिम्रो माया छोड्यौ मलाई विचै बाटोमा ।

 


Thali Mobile Pvt.Ltd.