भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

‘तिम्रै झझल्को’ लिएर आइन् बबिना

‘तिम्रै झझल्को’ लिएर आइन् बबिना

काठमाडौं । कसैसंग माया बस्यो भने आँखा भरि उनकै झझल्को, मुटु भरि उनकै सम्झना, दिन अनि रात हरपल उनकै याद, उनकै कल्पना, जता गए पनि उनको याद संगसंगै, छायाँले जस्तै पछ्याइरहन्छ उनको यादले, पलभर पनि छोड्दैन । उनले दिएकी चोट, उनले दिएकी धोखा, उनले दिएकी पिडाले मनमा आँधी, हुरी, हुण्डरी उत्पन्न गर्छ अनि त्यो आँधी हुरीले कसैको मनमा स्वच्छ भावले निरन्तर प्रज्वलित दीप झ्याप्प निभाउँछ ।

अनि त्यो दीप कहिल्यै बल्दैन । त्यो धोखाले आँखाबाट आएको बाढीले विश्वासको भरोसालाई बगाएर कता पुर्याउँछ कता । गीतकार श्याम कृष्ण डंगोल ‘प्रतीक्षा’ ले लेखेका यस्तै विरही भावको गीत ‘तिम्रै झझल्को’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली ‘चारु’ गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ ।

ललितपुरको ठेचो र आसपासको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीको रहेको छ । गौरीघाट स्थित स्टुडियो साउण्ड मिलमा महेश्वरमान राजभण्डारीले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा नविन लुहागुन, ओसिन आङ्दाङ्वे, राजु श्रेष्ठले अभिनय गरेका छन् भने कलाकारलाई रोनी ग्लाम स्टुडियो धुमबाराहीको तर्फबाट रोनिशा अधिकारीले आफ्नो श्रृङ्गार कलाले सिंगारेकी छिन् ।

गीत
तिम्रै झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा
झुटो रै छ तिम्रो माया छाड्यौ मलाई विचै बाटोमा ।

झेल गर्नेको विचमा साँचो माया हराउँछ
मनमा आँधी हुरी चले प्रेमको दियो निभाउँछ
आँखाबाट बाढी आउँदा भरोसा नै बगाउँछ ।

आकाशको जून सक्दिन छुन धर्तीमा बसेर
ये मेरा प्यारा भयौ नि टाढा बाँचेकी छु तिमीलाई सम्झेर
झभल्को सधैं मेरो आँखामा
माया गरि तिमीलाई राखे थें मुटु माझमा ।
झुटो रै छ तिम्रो माया छोड्यौ मलाई विचै बाटोमा ।

 


Thali Mobile Pvt.Ltd.