भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार

मकवानपुर । बाढी प्रभावित क्षेत्र सिस्नेरीबाट दुई जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित पाटन अस्पतालका लागि गर्भवतीलाई पठाइएको इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए ।

सिस्नेरी स्वास्थ्य चौकीमा प्रसुतिका लागि पाँच दिन अगाडि नै पुगेका इन्द्रसरोवर ३ दाप्राङ घर भएकी सुकिमाया वाइवा र इन्द्रसरोवर ३ सानुटार बस्ने शुसिला घिसिङलाई प्रसुति गराउन नसकिएपछि हेलिकप्टर मार्फत् काठमाडौं पठाइएको हो । एक जना पाँच दिन अगाडि र अर्का एक जना ४ दिन अगाडि स्वास्थ्यचौकीमा आएका थिए ।

सुत्केरी हुने समय नाघिसकेको तर सुत्केरी हुन नसकेपछि थप घट्ना नहोस भने तत्कालै हेलिकप्टरबाट उद्धार गरिएको हो । हेलिकप्टरबाट उद्दार गर्न तीन दिन अघिदेखि नै प्रयास गरिरहे पनि आज सफल भएको हो ।

 


Thali Mobile Pvt.Ltd.