भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

कोशी प्रदेशमा बाढी, पहिरो र डुबानको जोखिम कायमै

कोशी प्रदेशमा बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाडौं । कोशी प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ । दिनभर झरी पर्ने छ भने भोलि पनि वर्षाको सम्भावना रहेको छ । कोशी केन्द्रित भएको पानी पार्ने यो बादल पश्चिमतिर सर्ने क्रममा देखिएको छ । यसको प्रभाव मधेश, बागमती र गण्डकी प्रदेशसम्म पर्न सक्ने मौसमविदको भनाइ छ ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले जमिन कमजोर भएका स्थानमा अहिलेको वर्षाले पहिरो जाने र क्षति पुर्‍याउन सक्ने सम्भावना भएकाले सावधानी अपनाउन सुझाव दिइएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार विगत एक घण्टाको अवधिमा सुनसरीको तरहरामा भारी वर्षा भएको छ । बिहान पौने आठ बजेसम्मको एक घण्टाको अवधिमा तरहरामा १३.४ मिलिमिटर वर्षा मापन भएको छ ।

२४ घण्टादेखि नै वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम भएकाले सतर्क रहन अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.