भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हेटौँडा सडक विस्तारविरुद्ध दायर मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ

हेटौँडा सडक विस्तारविरुद्ध दायर मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ

काठमाडाैं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको इजलास नम्बर २ मा परेकाे मुद्दामा न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेल को संयुक्त इजलासले सुनुवाइ गर्नेछ ।

डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध १६ मंसिरमा रास्वपा नेतृ तथा पूर्वसांसद विन्दवासिनी कंसकारसहित ६ जनाले रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सो मुद्दामा १९ मंसिरमा उत्प्रेषण आदेश जारी गरेको थियो । दैनिक पेसी सूचीअनुसार उक्त मुद्दा आज सुनुवाइका लागि ‘ख’ क्रममा सूचीकृत छ ।

विन्दवासिनी कंसकार र अन्य स्थानीयले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर लगायतका निकायलाई विपक्षी बनाउँदै सडक विस्तारको निर्णय कानुनी रूपमा प्रश्न उठाएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.