भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

सर्वोच्चको अन्तरिम आदेश उल्लङ्घन गर्दै हेटौँडामा ५ सयभन्दा बढी घर भत्काइयो

सर्वोच्चको अन्तरिम आदेश उल्लङ्घन गर्दै हेटौँडामा ५ सयभन्दा बढी घर भत्काइयो

मकवानपुर, २१ मंसिर । हेटौँडा बजार क्षेत्रअन्तर्गत राजमार्गको सीमा अतिक्रमणमा परेको भन्दै ५ सयभन्दा धेरै घर तथा संरचना भत्काइएको छ ।

मेनरोड, राप्तीरोड, एचआइडी, चौकिटोललगायत स्थानका घर–टहरा हिजो एकै दिन डोजर चलाएर हटाइएका हुन् ।

सडक फराकिलो बनाउने उद्देश्यसहित कडा सुरक्षा घेरामा सडक डिभिजन कार्यालय हेटौँडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ विस्तारको काम अघि बढाइएको हो ।

यसअघि सडक डिभिजनले मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटे–बुद्धचोक–राप्ती पुल खण्ड र त्रिभुवन राजपथको बुद्धचोक–सामरी पुल खण्डसम्मका अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको थियो ।

सूचना अनुसार शुक्रवार समयसीमा सकिएलगत्तै हिजो बिहानदेखि घर–टहरा भत्काउने काम सुरु गरिएको हो । तर, सोही सूचनाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले शुक्रवार ‘‘सूचना कार्यान्वयन नगर्नू, नगर्न लगाउनू’’ भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश आएपनि भोलिपल्टै प्रशासन र सडक डिभिजनले अतिक्रमणमुक्त गर्ने भन्दै घर–टहरा भत्काएको विषयले स्थानीयमा चर्को असन्तुष्टि पैदा भएको छ ।

प्रभावितहरूले सरकारले कानुनी प्रक्रिया बेवास्ता गर्दै मनोमानी ढंगले संरचना भत्काएको आरोप लगाएका छन् । प्रशासनले भने आदेश आफूहरूले समयमा नपाएको दाबी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.