भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरोको सफल आरोहण

बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरोको सफल आरोहण

काठमाडौं । बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला १४ चुचुरोको नेपालका प्रख्यात पर्वतारोही मिङ्मा जी शेर्पाले सफल आरोहण गरेर इतिहास रचेका छन् । शुक्रबार तिब्बतस्थित शिशापाङ्मा ९८ हजार २८ मिटर० को शिखरमा सफल आरोहण गरेका थिये ।

अतिरिक्त अक्सिजन बिना १४ वटा चुचुरो चढ्ने उनी पहिलो पर्वतारोही बनेका छन् । उक्त अभियानको आयोजना गर्ने इमाजिन नेपाल ट्रेक्सका निर्देशक दावा शेर्पाले जानकारी दिएका छन् । मिङ्माले सन् २०२२ मा सगरमाथा, धौलागिरी हिमाल र कञ्चनजङ्घा हिमाल बिना अतिरिक्त अक्सिजन आरोहण गरेका थिए ।

उनले सन् २०२१ मा मनास्लु, २०१९ मा गशेरब्रुम–२, २०१८ मा ल्होत्से र ब्रोड पिक, २०१७ मा के २, मकालु र नङ्गा पर्वत, २०१६ मा गशेरब्रुम–१ र सन् २०१५ मा अन्नपूर्ण आरोहण गरेका थिए । जन्म दोलखा जिल्लाको रोल्वालिङ गाउँपालिकामा भएको थियो ।

उनी पर्वतारोहण र पदयात्रा सेवाहरू सञ्चालन र सञ्चालन गर्ने इमाजिन नेपाल ट्रेक्सका प्रबन्ध निर्देशक हुन् । २०१७ देखि २०२४ सम्मको आफ्नो करियरमा मिङ्माले सगरमाथा आरोहण केटुको पाँच पटक आरोहण, अन्नपूर्ण प्रथम, धौलागिरी, मकालु, कञ्चनजङ्घा र मनास्लुको सात आरोहण गरिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.