भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हितकुमारीको एक निर्णय, जसले सामाजिक चर्चा बटुल्यो

हितकुमारीको एक निर्णय, जसले सामाजिक चर्चा बटुल्यो

भक्तपुर । ८४ बर्षिया एक बृद्धाले सामाजिक कार्यमा आफ्नो हात अगाडी बढाएकी छन् । चाँगुनारायण नगरपालिका वडा नं ९ खड्काटोल निवासी हित कुमारी खड्काले नाम जस्तै काम गरेकी छन् ।

ताथलीमा सञ्चालन रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ आयोजित महायज्ञमा ज्येष्ठ नागरिक आश्रम निर्माणसंगै निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने महत्वपूर्ण उद्देश्यमा एम्बुलेन्स खरिदका लागि रु १० लाख र आश्रम निर्माणका लागि रु १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने निर्णयले हितकुमारीको चर्चा चलेकाे छ ।

गाउँघरमा एम्बुलेन्स नभएकाले बेलाबेलामा बिरामीले पाएको दुःखबारे नजिकैबाट अध्ययन गरिरहेकी हितकुमारीलाई एम्बुलेन्स सञ्चालन गर्ने चाहानामा सहयोग गर्न तीन छोराहरुले साथ दिएका छन् । आश्रमबाट सञ्चालन हुने निःशुल्क एम्बुलेन्स खरिदका लागि परिवारको सहयोग पाउँदा गदगद भएकी मनकारी हितकुमारीको चाहना पुरा हुने भएको छ ।

साामाजिक क्षेत्रमा हात अगाडी बढाउँदै आएको खड्का परिवारलाई आमाको प्रस्ताव चित्त बुझ्याे । श्रीकण्ठ खड्का, जनार्दन खड्का र पवन खड्काको संयुक्त सहयोगमा आमा हितकुमारीले गरेकाे निर्णयले सामाजिक उचाइ चुम्ने कार्य गरेकाे भन्दै चर्चा चल्न थालेकाे छ ।

यता उनको सहयोगको प्रसंसा गर्दै ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष वालयोगेश्वर विजयमूर्ति महाराजले एम्बुलेन्स खरिद गरि चालक खर्च र तेल खर्च आश्रमले नै ब्यहोर्ने बताएका छन् । निःशुल्क सञ्चालन हुने उक्त एम्बुलेन्सले भक्तुर जिल्लाबासीको लागि निःशुल्क सेवा प्रदान गर्ने भनाई छ ।

छोरीको घर जेष्ठ नागरिक आश्रमको लागि जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ गत आश्विन ११ गते देखि महायज्ञ सञ्चालन भैरहेको छ । महायज्ञ आगामी २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.