भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

उपत्यकामा कडाइः होली लक्षित तीन हजार सुरक्षाकर्मी खटिए, ड्रोनबाट निगरानी

उपत्यकामा कडाइः होली लक्षित तीन हजार सुरक्षाकर्मी खटिए, ड्रोनबाट निगरानी

काठमाडौं । फागुलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गरेको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका छन्।

उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन लापसेगरी सवारी चलाउने, मादक पदार्थ सेवन मापसेगरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।”

दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुरक्षा व्यवस्था मजबुत बनाउन काठमाडौंका ९० बढी स्थानमा संयुक्त चेकिङ राखिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए । एसएसपी खत्रीले सम्भावित घटना हुन नदिन भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट निगरानी गरिने बताए ।

होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न र सुरक्षित तथा संयमित भएर होली मनाउन उनले गरे । नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.