भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकामा कडाइः होली लक्षित तीन हजार सुरक्षाकर्मी खटिए, ड्रोनबाट निगरानी

उपत्यकामा कडाइः होली लक्षित तीन हजार सुरक्षाकर्मी खटिए, ड्रोनबाट निगरानी

काठमाडौं । फागुलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गरेको छ । होलीलाई लक्षित गरी काठमाडौँमा तीन हजार सुरक्षाकर्मी खटिएका छन्।

उच्छृङ्खल गतिविधि गर्ने, लागू पदार्थ सेवन लापसेगरी सवारी चलाउने, मादक पदार्थ सेवन मापसेगरी हो–हल्ला गर्ने, सर्वसाधारणलाई त्रसिद बनाउनेलगायत क्रियाकलाप गर्नेलाई कारबाही गर्ने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “हामीले सभ्य, भव्य तरिकामा फागु पर्व मनाउन सबैमा आग्रह गरेका छौँ । कानुन विपरीत अवाञ्छित तथा उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिने छ ।”

दुई हजार पाँचसय पोसाकधारी र पाँच सय सादा पोसाकका गरी तीन हजारको सङ्ख्यामा प्रहरी खटिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुरक्षा व्यवस्था मजबुत बनाउन काठमाडौंका ९० बढी स्थानमा संयुक्त चेकिङ राखिएको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बताए । एसएसपी खत्रीले सम्भावित घटना हुन नदिन भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट निगरानी गरिने बताए ।

होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न र सुरक्षित तथा संयमित भएर होली मनाउन उनले गरे । नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए प्रहरीलाई जानकारी दिनसमेत आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.