भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

रंगहरुको पर्व अर्थात होली हंगामा अस्ट्रेलिया ग्रानभिल पार्कमा हुँने

रंगहरुको पर्व अर्थात होली हंगामा अस्ट्रेलिया ग्रानभिल पार्कमा हुँने

अस्ट्रेलिया । अस्ट्रेलिया ग्रानभिल पार्कमा एन्टाको आयोजनामा रंगहरुको पर्व अर्थात होली हंगामा हुने भएको छ । एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा यही आउदो मार्च पन्ध्र तारिख अर्थात शनिबार ग्रानभिल पार्कमा होली हंगामा आयोजना गर्ने भएको हो ।

ह्वाइट स्पट गुप्रको प्रस्तुती रहेको होली मेलामा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको प्रस्तुती रहने एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया (एन्टा) का अध्यक्ष रन्जित शाहले बताए । बिभिन्न कामको ब्यस्तले अष्टेलियमा रहेका नेपालीहरुको भेटघाट गर्न गाह्रो अवस्थमा यस मेलामा भेटद्धाट तथा रमाईलो गर्ने अवसरका साथै विदेशमा रहेर नेपाली पन अनुभवन होस भनेर नेपाली खाना, गित संगित र नाचगान गर्नु नै कार्यक्रमको प्रमुख उदेश्य रहेको अध्यक्ष शाहले बताए । उनले भने मेलामा प्रवेश निुशल्क रहको समेत बताए ।

रंगहरुको पर्वका एउटा हाम्रो चाडै बनिसकेको छ र यसलाई हामी बिदेशमा छरिएर रहेका नेपालीले पनि महत्वका साथ हेरिनु पर्ने एन्टाका अध्यक्ष रन्जित शाहले बताए । होली हंगामाका बारेमा जानकारी दिदै अध्यक्ष शाहले संस्कृतीको जर्गेनागर्ने उद्देस्यका साथ पनि सीडनीमा होली पर्वको आयोजना गरिन लागेको बताए ।

कार्यक्रममा गायक सुदीन पोखरेल , सोभित बस्नेत , आरीफ रौफ, शुसान्त गौतम, सन्ध्या जोशी , उल्सन श्रेष्ठ , समय ब्यान्ड, डीजे नटकेस, मानस राज , जेनिशा गौतम लगायतको बिशेष प्रस्तुती रहने सोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) का महासचिव विकास झाले बताए ।

 


Thali Mobile Pvt.Ltd.