भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा

ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा

काठमाडौं । ओमान पुगेका ८० जनाभन्दा धेरै अफगानी महिला समस्यामा परेका छन् । तालिबानबाट भागेर उच्च शिक्षाका लागि त्यहाँ पुगेका अफगानी महिला समस्यमा परेका हुन ।

उनीहरूले आफूहरूको सुरक्षा र शिक्षाको निरन्तरताका लागि तत्काल व्यवस्थासहित सुरक्षा दिनसक्ने देशमा पुनर्वासको माग गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता रोकेपछि आफूहरू स्वदेश फर्कनुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

झन्डै चार वर्षअघि पुनः सत्तामा फर्किएपछि तालिबानले अफगानिस्तानमा महिलाहरूमाथि कठोर प्रतिबन्ध लगाएको छ जसमा उनीहरूलाई विश्वविद्यालयबाट प्रतिबन्ध लगाउनु पनि समावेश छ ।

ट्रम्प प्रशासनको सहायता रोक्काले कानूनी अवरोधहरूको सामना गर्नुपरेको छ तर ह्वाइट हाउसले यूएसएआईडीलाई खारेज गर्दै दशौं अर्ब डलरको खर्च कटौती गरेपछि विश्वभर हजारौं मानवीय कार्यक्रमहरू पहिले नै समाप्त भइसकेका छन् ।

तालिबानको प्रतिबन्धका बीच शिक्षाकै लागि भागेका उनीहरू स्वदेश फर्किएमा सुरक्षित नहुने र पढाइसमेत रोकिने चिन्तामा छन् । उनीहरूले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को छात्रवृत्तिमा अध्ययन गरिरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.