भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छाउपडीका विषयमा अध्ययन गर्न समिति बनाइने

छाउपडीका विषयमा अध्ययन गर्न समिति बनाइने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लागि समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे । त्यस्तै उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउ गोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एक जनालाई पक्राउ गरिएको बताए । उनले पीडित बालिकाको उपचार भइरहेको पनि जानकारी दिए ।

 

 


Thali Mobile Pvt.Ltd.