भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सूर्यविनायकले ल्यायो २ अर्ब २४ करोडको बजेट

सूर्यविनायकले ल्यायो २ अर्ब २४ करोडको बजेट

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । आज नगरसभाको १६औं अधिवेशनको दोस्रो बैठकमा सो बजेट ल्याइएको हो । नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको बझाइन् ।

 

त्यस्तै, १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । उक्त रकम नगरपालिकाको कुल बजेटको ५४.६६ प्रतिशत हो । आगामी आर्थिक वर्षमा नगरपालिकाले संघीय सरकारको विभिन्न शीर्षकबाट ७२ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेशबाट विभिन्न शिर्षकमा ४८ करोड ७ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख तिमसिनाले बताइन् ।

नगरपालिकाको आन्तरिक आय १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ रहने अनुमान सहित २ अर्ब २४ करोडको बजेट ल्याइएको उनको भनाइ छ । आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास तर्फ ११ करोड ८९ लाख रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ८४ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ सहित कुल २ अर्ब २४ करोड खर्च हुने बजेटमार्फत अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.