भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सूर्यविनायकले ल्यायो २ अर्ब २४ करोडको बजेट

सूर्यविनायकले ल्यायो २ अर्ब २४ करोडको बजेट

भक्तपुर । सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । आज नगरसभाको १६औं अधिवेशनको दोस्रो बैठकमा सो बजेट ल्याइएको हो । नगर उपप्रमुख सरिता तिमसिना भट्टराईले कुल बजेटको ४५.३४ प्रतिशत रकम अर्थात् १ अर्ब १ करोड ५६ लाख ५३ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरेको बझाइन् ।

 

त्यस्तै, १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । उक्त रकम नगरपालिकाको कुल बजेटको ५४.६६ प्रतिशत हो । आगामी आर्थिक वर्षमा नगरपालिकाले संघीय सरकारको विभिन्न शीर्षकबाट ७२ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेशबाट विभिन्न शिर्षकमा ४८ करोड ७ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख तिमसिनाले बताइन् ।

नगरपालिकाको आन्तरिक आय १ अर्ब ३ करोड ६० लाख ७ हजार ५ सय रुपैयाँ रहने अनुमान सहित २ अर्ब २४ करोडको बजेट ल्याइएको उनको भनाइ छ । आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास तर्फ ११ करोड ८९ लाख रुपैयाँ, सामाजिक विकास तर्फ ८३ करोड ८४ लाख रुपैयाँ र पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ सहित कुल २ अर्ब २४ करोड खर्च हुने बजेटमार्फत अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.