भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कार मुद्दा हाल्ने धम्की दिँइ पैसा असुल्ने महिलालाई डेढ वर्ष कैद सजाय

एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कार मुद्दा हाल्ने धम्की दिँइ पैसा असुल्ने महिलालाई डेढ वर्ष कैद सजाय

दाङ । १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला अदालत दाङले डेढ वर्ष कैद सजाय सुनाएको छ । एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई कैदसँगै १५ हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपैयाँको फैसला गरेको हो ।

२०७८ असोज ३ गते पक्राउ परेका उनीहरुले ती पुरुषसँग ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले बताए । उनीहरुले उक्त पुरुषबाट १ लाख नगद र १७ लाख रुपैयाँको चेक बुझेका थिए ।

 


Thali Mobile Pvt.Ltd.