भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कार मुद्दा हाल्ने धम्की दिँइ पैसा असुल्ने महिलालाई डेढ वर्ष कैद सजाय

एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कार मुद्दा हाल्ने धम्की दिँइ पैसा असुल्ने महिलालाई डेढ वर्ष कैद सजाय

दाङ । १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला अदालत दाङले डेढ वर्ष कैद सजाय सुनाएको छ । एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई कैदसँगै १५ हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपैयाँको फैसला गरेको हो ।

२०७८ असोज ३ गते पक्राउ परेका उनीहरुले ती पुरुषसँग ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले बताए । उनीहरुले उक्त पुरुषबाट १ लाख नगद र १७ लाख रुपैयाँको चेक बुझेका थिए ।

 


Thali Mobile Pvt.Ltd.