भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि १ सय ४१ जना सांसद निलम्बनमा

धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि १ सय ४१ जना सांसद निलम्बनमा

एजेन्सी । ४९ जना सांसद भारतको लोकसभाबाट निलम्बनमा परेका छन् । संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । यसै महिनाको १३ तारिखमा उनीहरुले धुँवा फैलाएका थिए ।

नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् । पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो सोमवारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए ।

सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् । आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् ।

संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर विपक्षीले गृहमन्त्रीको जवाफ किन मागिरहेका छन् भन्ने प्रश्नमा अब्दुल्लाहले भन्नुभएको छ, ‘प्रहरी गृह मन्त्रालय मातहत छ, गृहमन्त्री पाँच मिनेटका लागि सदनमा आएर गल्ती स्वीकार गर्दा के जान्छ ?’

 


Thali Mobile Pvt.Ltd.