भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर जलेर नष्ट

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर जलेर नष्ट

सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट सुरु भएको आगो अहिले बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो लाग्नेबित्तिकै सर्केगाड प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

पीडित स्थानीय धनबहादुर रावतका अनुसार आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीले घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लुगाफाटा, नागरिकता, लालपुर्जा, अन्य महत्वपूर्ण कागजात तथा नगद समेत जलेको छ। यद्यपि, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्र क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ।

 


Thali Mobile Pvt.Ltd.