भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर जलेर नष्ट

हुम्लाको उनापानीमा भीषण आगलागी, आठ घर जलेर नष्ट

सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट सुरु भएको आगो अहिले बिहानसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। आगो लाग्नेबित्तिकै सर्केगाड प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

पीडित स्थानीय धनबहादुर रावतका अनुसार आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा र बाटुल्ली फडेराको घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगलागीले घरभित्र रहेको अन्नपात, भाँडाकुँडा, लुगाफाटा, नागरिकता, लालपुर्जा, अन्य महत्वपूर्ण कागजात तथा नगद समेत जलेको छ। यद्यपि, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि मात्र क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। स्थानीयवासी तथा सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणको प्रयास जारी छ।

 


Thali Mobile Pvt.Ltd.