भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मधेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मधेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरू दार्चुला, अछाम, बैतडी, डडेलधुरा, कञ्चनपुर, डोटी, बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायतका ठाउँमा सामान्य वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा पनि मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायु र स्थानीय वायुले देशको पश्चिम भूभागमा थप प्रभाव पारेको महाशाखाले जनाएको छ।

आज दिनभरि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनीका केही, र कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।

मौसम महाशाखाले जलवायु परिवर्तनको प्रभाव तथा निरन्तर वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।

 


Thali Mobile Pvt.Ltd.