भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मधेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मधेशबाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरू दार्चुला, अछाम, बैतडी, डडेलधुरा, कञ्चनपुर, डोटी, बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायतका ठाउँमा सामान्य वर्षा भइरहेको छ।

मौसम महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा पनि मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायु र स्थानीय वायुले देशको पश्चिम भूभागमा थप प्रभाव पारेको महाशाखाले जनाएको छ।

आज दिनभरि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनीका केही, र कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।

मौसम महाशाखाले जलवायु परिवर्तनको प्रभाव तथा निरन्तर वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ।

 


Thali Mobile Pvt.Ltd.