भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशले कति विनियोजन गर्‍यो ?

सातै प्रदेशको बजेट सार्वजनिक, कुन प्रदेशले कति विनियोजन गर्‍यो ?

काठमाडाैं, २ असार । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सातवटै प्रदेश सरकारले आ–आफ्नो बजेट प्रदेशसभामा पेस गरेका छन्। अधिकांश प्रदेशले न्यून स्रोत र खर्च गर्न नसकेको रकमलाई स्रोतको रूपमा देखाउँदै बजेट ल्याएका छन्।

गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याउँदै आन्तरिक ऋण उठाउने योजना बनाएका छन्। प्रदेश अनुसार बजेट विनियोजन यस प्रकार छ: बागमती प्रदेश: रु ६७.४७ अर्ब — सबैभन्दा ठूलो बजेट। चालु खर्च: रु २६.०४ अर्ब, पुँजीगत: रु ४१.४३ अर्ब, मुख्य स्रोत: कर राजस्व, संघीय वित्तीय हस्तान्तरण । 

मधेस प्रदेश: रु ४६.५८ अर्ब, चालु: रु १६.७२ अर्ब, पुँजीगत: रु ३०.२६ अर्ब, रु २ अर्ब आन्तरिक ऋण उठाउने योजना । लुम्बिनी प्रदेश: रु ३८.९१ अर्ब, चालु: रु १२.०१ अर्ब, पुँजीगत: रु २३.४७ अर्ब, मुख्य स्रोत: आन्तरिक राजस्व, संघीय अनुदान ।

कोशी प्रदेश: रु ३५.८८ अर्ब, चालु: रु १८.६७ अर्ब, पुँजीगत: रु १७.१० अर्ब, चालु वर्षको बचतबाट रु ३.१३ अर्ब स्रोत परिचालन । सुदूरपश्चिम प्रदेश: रु ३३.४७ अर्ब, चालु: रु १०.२० अर्ब, पुँजीगत: रु १९.८३ अर्ब, मुख्य स्रोत: संघीय अनुदान, बचत रकम ।

कर्णाली प्रदेश: रु ३२.९९ अर्ब, चालु: रु ७.७९ अर्ब, पुँजीगत: रु १९.९८ अर्ब, रु ५.६९ अर्ब चालु वर्षको बचत, संघीय अनुदानबाट मुख्य स्रोत । गण्डकी प्रदेश: रु ३१.९८ अर्ब, चालु: रु १२.६३ अर्ब, पुँजीगत: रु १९.०९ अर्ब, रु १.७५ अर्ब आन्तरिक ऋण उठाउने योजना । 

समग्रमा सबै प्रदेशले विकास तथा पूर्वाधार निर्माणमा प्राथमिकता दिँदै बजेट विनियोजन गरेका छन्। यद्यपि, कार्यान्वयन क्षमता र स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहने प्रष्ट देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.