भर्खरै : Sorry, your browser does not support inline SVG.

विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला

विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला

काठमाडौँ, ११ भदाै । तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भएको छ ।

ललितपुरको ग्वार्कोमा बस्दै आएका ३६ वर्षीय प्रजापतिको शव धादिङस्थित त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । प्रजापतिको शव फेला परेपछि उनका आफन्तले सनाखत गरेका छन् ।

यसैबीच, रसुवा र नुवाकोटतर्फबाट बाढीले बगाएर ल्याएका २१ वटा शव धादिङमा फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये ११ पुरुष, ९ महिला र एक बालिकाको रहेको डीएसपी दाहालले बताए ।

धादिङ प्रहरीले बैरेनी र गल्छी क्षेत्रमा फेला परेका ६ वटा शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । अन्य शवहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जनाइएको छ । त्यस्तै, धादिङका विभिन्न स्थानबाट ७ वटा मानव शरीरका अंगसमेत संकलन गरिएको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीमा आएको भीषण बाढीपछि नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी जारी छ । बाढीले बगाएर ल्याएका शव तथा मानव अंगहरू विभिन्न स्थानमा भेटिने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.