भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु

गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु

काठमाडौँ, ११ भदाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा विदेशी पर्यटकलाई धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।

रसुवामा आएको विनाशकारी बाढीका कारण सडक तथा यातायात प्रभावित भएकाले मन्त्रालयले पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको हो ।

मन्त्रालयका अनुसार गोसाइँकुण्डबाट काठमाडौं फर्किने पर्यटकले गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । बाढीपहिरोका कारण नियमित सडकमार्गमा जोखिम हुन सक्ने भएकाले पर्यटकलाई सुरक्षित यात्रा गर्न र सम्बन्धित निकायको सूचनाअनुसार मात्रै यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले पर्यटकको आवागमन तथा सुरक्षाको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । परिस्थितिमा सुधार आएपछि नियमित मार्ग सञ्चालनबारे थप सूचना जारी गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.