भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

घुन्सा खोला जलविद्युत आयोजनालाई रकम जुट्यो

घुन्सा खोला जलविद्युत आयोजनालाई रकम जुट्यो

काठमाण्डौ । ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । रेमिट हाइड्रो लिमिटेडले बनाउन लागेको यो आयोजना वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको हो ।

हिजो आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैङ्क लिमिटेडले पाँच अर्ब, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले तीन अर्ब, नागरिक लगानी कोषले दुई अर्ब, माछापुच्छ्रे बैङ्कले एक अर्ब ४५ करोड, एभरेष्ट बैङ्कले एक अर्ब २५ करोड रुपैयाँ लगानी गर्नेछन् ।

बैङ्क तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड रुपैयाँ बराबर लगानी गर्नेगरी सम्झौता भएको प्रवर्द्धक कम्पनीले जनाएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी आयोजना निर्माण गरिनेछ ।

कम्पनीमा जम्मा पुँजीको ४९ प्रतिशत नागरिकको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ । साधारण शेयरतर्फको ४९ प्रतिशतमध्ये २९ प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको लागि सुनिश्चित गरिएको छ ।

यस्तै, १० प्रतिशत आयोजना प्रभावित स्थानीयवासी र बाँकी १० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । आयोजना निर्माण शुरू भएको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । रासस

 


Thali Mobile Pvt.Ltd.