भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हाइपर फण्डका नाममा ठगी आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता

हाइपर फण्डका नाममा ठगी आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । हाइपर फण्ड (हाल हाइपर भर्स)का नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेको हो ।

५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९२१ रुपैयाँ ठगी भएको दाबी गर्दै सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये ६१ जना फरार छन् । २ जना भने पक्राउ प्रतिवादी बनेका छन् । बाँकी ६१ जना भने फरार छन् । त्यसैगरी मुद्दा दायर भएका ६१ जनामध्ये अधिकांश देश बाहिरै रहेकाले पक्राउ गर्न नसकिएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटी बताउँछन् ।

संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी पक्राउ परेपछि कृष्णकान्त पक्राउ परेका थिए । संगठित अपराधको कसुरमा ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्दा यो ठगी प्रकरणमा ६३ जनाको संलग्नता खुलेको हो ।

हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.