भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर

काठमाडौं । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको विशेष अदालतले फैसला गरेको छ । २३ दिनको लगातार सुनुवाइपछि बिहीबार फैसला भएको हो । विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त तथा तत्कालिन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् । दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको हो । उनीहरुलाई नक्कली मोही खडा गरेको दोषी ठहर गरिएको हो ।

यसैगरी सरकारी जग्गा आफ्नो नाममा ल्याउने व्यापारी मीनबहादुर गुरूङ, भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदी दोषी ठहर भएका छन् । तत्कालीन मालपोत अधिकृत कलाधर देउजा पनि यो प्रकरणमा दोषी ठहरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.