भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । असोज १०, ११ र १२ गतेको अविरले वर्षाका कारण प्रभावित सबै वडाको सोमबार नगरपालिकाका जनप्रतिनिधिहरुले अवलोकन गरेका हुन ।

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलनगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

जनप्रनिधिहरुको टोलीले नगरका १० वटै वडाको अवलोन गरेको सूर्यविनायक नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले नगरप्रमुख बासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरु र प्राविधिकको टोलीले अवलोकन गरेको बताउनुभयो ।

बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको छ । लगातार तीन दिनसम्म भएको वर्षा पछि आएको पहिरोमा परि नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलनगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

 


Thali Mobile Pvt.Ltd.