भर्खरै : Sorry, your browser does not support inline SVG.

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । असोज १०, ११ र १२ गतेको अविरले वर्षाका कारण प्रभावित सबै वडाको सोमबार नगरपालिकाका जनप्रतिनिधिहरुले अवलोकन गरेका हुन ।

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलनगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

जनप्रनिधिहरुको टोलीले नगरका १० वटै वडाको अवलोन गरेको सूर्यविनायक नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँले नगरप्रमुख बासुदेव थापाको नेतृत्वमा उपप्रमुख सरिता तिमिल्सीना भट्टराई, १० वटै वडाका वडाध्यक्षहरु र प्राविधिकको टोलीले अवलोकन गरेको बताउनुभयो ।

बाढी पहिरोले आवास, सडक, पुल लगायतका भौतिक संरचनामा पनि नोक्सानी पुर्याएको छ । लगातार तीन दिनसम्म भएको वर्षा पछि आएको पहिरोमा परि नगरपालिकामा ५ जनाको मृत्यु भएको छ ।

बाढी प्रभावित क्षेत्रमा सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिद्वारा स्थलनगत अवलोकन, पीडितलाई नगरले सक्दो सहयोग गर्ने

 


Thali Mobile Pvt.Ltd.