भर्खरै : Sorry, your browser does not support inline SVG.

दशैंको मुखैमा कर्मचारीले काम नगर्दा राष्ट्रिय बाणिज्य बैंक सूर्यविनायक शाखामा सेवाग्राही मर्कामा

दशैंको मुखैमा कर्मचारीले काम नगर्दा राष्ट्रिय बाणिज्य बैंक सूर्यविनायक शाखामा सेवाग्राही मर्कामा

भक्तपुर । दशैं नजिकिदै छ । सेवाग्राहीलाई नयाँ नोट साट्नको चटारो छ । तर राष्ट्रिय बाणिज्य बैंक शाखा सूर्यविनायकका कर्मचारीले काम नगर्दा सेवाग्राहीलाई नयाँ नोट त परको कुरा सहज सेवा लिन समेत समस्या भएको छ ।

खातामा राखिएको रुपयाँ निकाल्न लाइनमा बस्नु परेको तर कर्मचारी यो या त्यो बहाना बनाएर काम नगरिदिदा समस्या भएको सिपाडोलकी एक महिलाले बताइन् । त्यस्तै चेक बनाउन आएका जगातीका राम श्याम धौबडेलले सेवा नपाउँदा दुखेसो पोखे उनले चेक बनाउने काउण्टरमा तीन महिला र एक पुरुष गफ गरेर बसिरहेको बताए ।

धेरै पटक आग्रह गर्दा कहिले के भन्ने कहिले के भन्ने समयमा काम नगरिदिदा दुःख पाएको उनको भनाई छ । एटिएमको त कुरा गरेर साध्य नै छैन । हप्तामा ८÷९ पटक बिग्रेको बिग्रेइ गरेको अवस्था छ । तर शाखाका सम्बन्धित कर्मचारीलाई कुनै मतलब नहुँदा सेवाग्राहीले शास्ती खेप्नु परेको नागरिकको गुनासो छ । हामीले यस विषयमा बुझ्दा शाखा प्रमुख नै कार्यकक्षमा भेटिएनन् ।

 


Thali Mobile Pvt.Ltd.