भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

हम्मर र छिनोले खोपेर मूर्ति कार्यशालाको उद्घाटन

हम्मर र छिनोले खोपेर मूर्ति कार्यशालाको उद्घाटन

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका छन् । कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० सोमबार ढुंगालाई छिनोले खोपेर डा.लामाले शुभारम्भ गर्नु भएको हो ।हम्मर र छिनोले खोपेर मूर्ति कार्यशालाको उद्घाटन

कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा.लामाले सगरहवा बुद्धकालिन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्ति पूजा गर्ने घोषणा गनुभयो । उहाले यो पटक मूर्तिकार्यशाला गरिएको बताउँदै आगामि बर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामना सहित महोत्सव गर्ने बताउनुभयो ।

उहाले महायाज्ञा र बज्रयानी बुद्धिष्टहरुले भारतको कलकत्तामा बार्षिक अर्बोको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुल ताललाई विकल्पका रुपमा तयार गर्न सकिने बताउनुभयो । कार्यक्रममा कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्तिकार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।हम्मर र छिनोले खोपेर मूर्ति कार्यशालाको उद्घाटन

कार्यक्रममा कोषका कोषाध्यक्ष एंव कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने जानकारी दिनुभयो । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला शुरु भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.