भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ नेपालमा पहिलो पटक पुष्टि

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ नेपालमा पहिलो पटक पुष्टि

 काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पुष्टि भएको छ। जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा जेएन–१ु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नागरिकलाई सावधानी अपनाउन र सम्बन्धित निकायलाई आवश्यक तयारीमा जुट्नसमेत मन्त्रालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

देशका विभिन्न भागका विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो।

सो परीक्षणमा ७ वटा नमूनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन–१ पहिलो पटक पुष्टि भएको हो। हाल विश्वका केही देशहरुमा कोभिड–१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.