भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ नेपालमा पहिलो पटक पुष्टि

ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ नेपालमा पहिलो पटक पुष्टि

 काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पुष्टि भएको छ। जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा जेएन–१ु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नागरिकलाई सावधानी अपनाउन र सम्बन्धित निकायलाई आवश्यक तयारीमा जुट्नसमेत मन्त्रालयले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

देशका विभिन्न भागका विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो।

सो परीक्षणमा ७ वटा नमूनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन–१ पहिलो पटक पुष्टि भएको हो। हाल विश्वका केही देशहरुमा कोभिड–१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.