भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज । मुलुकका अन्य भन्सारका तुलनामा यहाँस्थित भन्सार कार्यालयबाट निर्यात बढेको छ। यहाँ एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात भएको हो।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख १० हजारका सामान निर्यात भएका छन्। वीरगञ्ज भन्सारले मात्र १२ अर्ब १२ करोड २१ लाख ३१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ।

वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछानेका अनुसार यहाँबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको छ ।सुक्खा बन्दरगाहबाट एक अर्ब ५१ करोड बराबरका सामान निर्यात भएका छन्।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको जनाएको छ। रासस

 


Thali Mobile Pvt.Ltd.