भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा परि सुडानमा २० जनाको ज्यान गयो

र्‍यापिड सपोर्ट फोर्सको आक्रमणमा परि सुडानमा २० जनाको ज्यान गयो

एजेन्सी । सुडानमा २० जना नागरिकको ज्यान गएको छ । सुडानको डार्फर राज्यको एल फशर क्षेत्रमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा २० जनाको ज्यान गएको हो ।

आरएसएफले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । गएको वर्षको अप्रिलदेखि सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच द्वन्द्व भइरहेको छ । पछिल्लो द्धन्दमा मात्रै २७ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । १४ लाख जना मानिस विस्थापित भएका छन् ।

आरएसएफले एल फशर शहरको दक्षिणमा रहेको अबु जेरिगा क्षेत्रमा नरसंहार गरेको र २० जना घाइते भएका गभर्नर मिनावीले बताएका छन् । आक्रमण पूर्ण आपराधिक कार्य भएको भन्दै स्वतन्त्र छानविनको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत उन गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदाय र मानवीय सङ्गठनहरूलाई अपराधको दस्तावेजीकरण गर्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन अन्तर्राष्ट्रिय अनुसन्धान टोली पठाउन आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.