भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

भारतले आफ्ना नागरिकलाई गर्‍यो नेपाल यात्रामा सतर्कता अपनाउन आग्रह

भारतले आफ्ना नागरिकलाई गर्‍यो नेपाल यात्रामा सतर्कता अपनाउन आग्रह

मुख्य बुँदा

जेनजी आन्दोलनपछि भारतले ट्राभल एड्भाइजरी जारी

नेपालमा हाल स्थिति सुध्रिएको भए पनि सतर्कता अपनाउन आवश्यक

सडकमार्ग र हवाई उडान नियमित रूपमा सञ्चालनमा

भारतीय नागरिकलाई दूतावास वा स्थानीय प्रशासनको एड्भाइजरी पालना गर्न सुझाइएको

हेल्पलाइन, आपतकालीन नम्बर र इमेलमार्फत सम्पर्क गर्न सकिने

काठमाडौँ, ४ असाेज । जेनजी आन्दोलनपछि उत्पन्न विषम अवस्थामा भारतले आफ्ना नागरिकलाई नेपाल यात्रामा सतर्कता अपनाउन आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको छ।

भारतीय दूतावासले भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न अवस्था पछिल्ला दिनमा सुध्रिएको भए पनि यात्रा गर्दा सतर्क रहन सुझाव दिएको छ।

एड्भाइजरीमा उल्लेख छ कि सडकमार्ग र हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा भए पनि नेपालमा यात्रा गर्ने भारतीय नागरिकले सतर्कता अपनाउनुपर्नेछ।

दूतावासले भारतीय नागरिकलाई स्थानीय प्रशासन र दूतावासबाट जारी हुने एड्भाइजरीको पालना गर्न सुझाव दिएको छ। आवश्यक परेमा सम्पर्क गर्न हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.