भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

डोनाल्ड ट्रम्पसँग काम गर्न सजिलो नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जिकिर

डोनाल्ड ट्रम्पसँग काम गर्न सजिलो नहुने युक्रेनका राष्ट्रपति जेलेन्स्कीको जिकिर

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको तर विगतका अनुभवमा ट्रम्पसँग काम गर्न सहज नहुने बताउनुभएको बीबीसीले जनाएको छ । केही दिनअघि ट्रम्पले उपराष्ट्रपतिको उम्मेदवार बनाएका ओहायोका सिनेटर जेडी भान्सले युक्रेनको विषयमा चासो नराख्ने र युद्धका लागि आर्थिक सहयोग पनि नगर्ने प्रतिक्रिया दिएका थिए।

यस्ता गतिविधि र प्रतिक्रियाले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशङ्का बढेको छ । तर राष्ट्रपति जेलेन्स्कीले युक्रेनबारे स्पष्ट गराएर अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताउँदै आएका छन् । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.