भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अमेरिकाभित्र राजनीतिक विवाद,थप सैन्य सहयोग गर्न जेलेन्स्कीको हारगुहार

अमेरिकाभित्र राजनीतिक विवाद,थप सैन्य सहयोग गर्न जेलेन्स्कीको हारगुहार

एजेन्सी । अमेरिकासँग थप सैन्य सहयोगका लागि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आग्रह गरेका छन् । राजनीतिक विवाद भइरहेका वेला जेलेन्स्कीले अमेरिका समक्ष थप सहयोगका लागि विशेष आग्रह गरेका हुन । अमेरिकाभित्र राजनीतिक विवादका कारण दशौं लाख डलरको सहायता प्याकेज अमेरिकी संसदमा अल्झिरहेको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुग्नेका जेलेन्स्कीले मंगलबारराष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बाइडेनसँग पनि उनले यसैगरी आग्रह गर्ने अनुमान गरिएको छ ।

अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरुलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकीर गरे । क्यापिटोल हिल (अमेरिकी संसद) मा सहायता प्याकेज सम्बन्धि विधेयक अल्झिने हो भने त्यसले भ्लादिमिर पुटिन र उनको रोगी समूहलाई मात्रै फाइदा गर्ने उनको भनाइ थियो ।