भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा हिमपातका कारण जनजीवन प्रभावित

चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा हिमपातका कारण जनजीवन प्रभावित

एजेन्सीँ । चीनको पूर्वी क्षेत्र शानडोङ प्रान्तको राजधानी जिनानमा बालबालिकाहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको छ । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण उनीहरुलाई अनलाइन माध्यमबाट पढाउन थालिएको हो ।

विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिँदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय भइरहेको पनि जिनानको शिक्षा विभागले जनाएको छ । हिमपातका कारण जिनानको जनजीवन प्रभावित भएको छ ।

हिमपातसँगै हावाहुरी चल्न थालेपछि प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइनमार्फत सञ्चालन गरिएको हो । चीनको राजधानी बेइजिङमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।

यातायात अवरुद्ध भएको छ । सडकहरुमा बाक्लो हिउँ जमेको छ । प्रतिकूल मौसमका कारण केही हवाई उडान स्थगित भएको जनाइएको छ । जिनानको शिक्षा विभागले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने जनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.