भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लोक तथा देउडा गायिका शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

लोक तथा देउडा गायिका शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

काठमाडौं । कैलाश खबरको कार्यक्रम “संगीत समर्पण”की सञ्चालिका तथा गायिक सपना शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित हुनुभएको छ ।International Music Award

केही दिन अघि भारतको चण्डीगढमा प्रवासी साझा मञ्चले गरेको कार्यक्रममा सकारात्मक सोचकी धनी गायिका सपना शाही भारती इन्टरनेशनल म्युजिक अवार्ड (२०२४) बाट सम्मानित गरिएको हो । नेमबहादुर शाहीको शब्द र धिरेन्द्र शाहीको लय रहेको तीन चुलीका अग्ला शिर बोलको देउडा गीतमा स्वर दिएकी शाहीलाई देउडा गायन तर्फको अवार्ड दिइएको हो ।गायिक शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मेकी शाहीले झन्डै लोक र देउडा विधामा तीन दर्जन गीत रेकर्ड गराइसकेकी छन् । संगीतमा सेन्देश दिनुपर्छ भन्ने शाही लोक गीतलाई आफ्नो कर्म बनाउँदै देउडा गीतलाई पनि उत्तीकै न्याय दिदै आनुभएको छ ।

भारतको चण्डीगढमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालका तर्फबाट भन्डै तीन दर्जन कलाकारहरुको उपस्थिति रहेको थियो । शाहीले अन्तर्राष्ट्रिय स्तरमा पाएको अवार्डले आफूलाई गायन क्षेत्रमा थप जिम्मेवार भएर कर्मलाई निरन्तरता दिन अभिप्रेरित गरेको बताउनुभयो ।गायिक शाही इन्टरनेसनल म्युजिक अवार्डबाट सम्मानित

पछिल्लो समय कैलाश खबरको कार्यक्रम संगीत समर्पणबाट पनि कला क्षेत्रलाई कर्म बनाइरहका कलाकारहरुको अनुभव, पीरमर्का र सफलताका कथाहरुलाई शाहीले उजागर गर्दै आउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.