भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

काठमाडौं । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा तीन वर्षयताकै कम अन्तर्राष्ट्रिय व्यापार भएको छ । आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा १४ खर्ब ८१ अर्ब बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १७ खर्ब ६३ अर्ब रूपैयाँको आयात भएको थियो ।

यस्तै चालू वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ३९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.