भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

देशको अन्तर्राष्ट्रिय व्यापार ३ वर्षयताकै कम

काठमाडौं । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा तीन वर्षयताकै कम अन्तर्राष्ट्रिय व्यापार भएको छ । आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको छ ।

गएको आर्थिक वर्ष जेठ मसान्तसम्म १६ खर्ब २४ अर्ब ५७ करोड रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १९ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । यस वर्ष आयात र निर्यात दुवै व्यापार तीन वर्षयताकै कम भएको छ । चालू वर्षको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको आयात व्यापार भएको छ । गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा १४ खर्ब ८१ अर्ब बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म १७ खर्ब ६३ अर्ब रूपैयाँको आयात भएको थियो ।

यस्तै चालू वर्षको जेठ मसान्तसम्ममा एक खर्ब ३९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ । गएको वर्ष यही अवधिमा एक खर्ब ४३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०७८र७९ को जेठ महिनासम्म एक खर्ब ८५ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.