भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

भक्तपुरको चाँगुनारायणसहित देशका आठ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भक्तपुरको चाँगुनारायणसहित देशका आठ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन image

भक्तपुर । यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिए ।

उनका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, काठमाडौंको कीर्तिपुर, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्ला, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो । यस्तै काठमाण्डौमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।

भक्तपुरको चाँगुनारायणमा पनि यस वर्षको तापक्रमले यसअघिका सबै रेकर्डलाई पछि पारेको छ । यस वर्षको जुन १० मा यहाँ ३५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यसअघि २०१५ को जुन ६ मा ३३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागको तथ्यांक छ । “आठवटा स्टेसनमा यो वर्षको तापक्रमले यसअघिका तापक्रमको रेकर्डलाई उछिनेको छ,” मौसमविद् हुमागाईंले भने, “देशभर रहेका तापक्रम मापन गर्ने हाम्रा स्टेसनका आधारमा यो तथ्यांक आएको हो । करिब–करिब हाम्रा स्टेसनले देशभरको तापक्रम लिन्छन् ।”

विश्वव्यापी रूपमा उच्च गर्मी भोगिरहँदा यस वर्ष नेपालमा पनि प्रि–मनसुनको समयमा अत्यधिक गर्मी भएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालमा यस वर्ष प्रि–मनसुनमा पर्याप्त वर्षा नहुनुले पनि गर्मी बढेको मौसमविद् हुमागाँईले बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.