भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

भक्तपुरको चाँगुनारायणसहित देशका आठ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भक्तपुरको चाँगुनारायणसहित देशका आठ ठाउँमा अहिलेसम्मकै उच्च तापक्रम मापन

भक्तपुर । यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी दिए ।

उनका अनुसार यस वर्ष भक्तपुरको चाँगुनारायण, काठमाडौंको कीर्तिपुर, सुनसरीको धरान, बाराको करैयामाई, खोटाङको दिक्तेल, सिन्धुपाल्चोकको चौतारा, जुम्ला, बैतडीको पाटन र कैलालीको टीकापुरमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको हो । यस्तै काठमाण्डौमा यस वर्ष २५ वर्षयताकै गर्मी भएको छ । यस वर्ष देशका धेरैजसो ठाउँमा उच्च तापक्रम धेरै दिन रहँदा अत्यधिक गर्मी महसुस भएको छ ।

भक्तपुरको चाँगुनारायणमा पनि यस वर्षको तापक्रमले यसअघिका सबै रेकर्डलाई पछि पारेको छ । यस वर्षको जुन १० मा यहाँ ३५.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यसअघि २०१५ को जुन ६ मा ३३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको विभागको तथ्यांक छ । “आठवटा स्टेसनमा यो वर्षको तापक्रमले यसअघिका तापक्रमको रेकर्डलाई उछिनेको छ,” मौसमविद् हुमागाईंले भने, “देशभर रहेका तापक्रम मापन गर्ने हाम्रा स्टेसनका आधारमा यो तथ्यांक आएको हो । करिब–करिब हाम्रा स्टेसनले देशभरको तापक्रम लिन्छन् ।”

विश्वव्यापी रूपमा उच्च गर्मी भोगिरहँदा यस वर्ष नेपालमा पनि प्रि–मनसुनको समयमा अत्यधिक गर्मी भएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालमा यस वर्ष प्रि–मनसुनमा पर्याप्त वर्षा नहुनुले पनि गर्मी बढेको मौसमविद् हुमागाँईले बताए ।

 


Thali Mobile Pvt.Ltd.