भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायलमा हतियार नपठाउन राष्ट्र सङ्घको आह्वान

इजरायलमा हतियार नपठाउन राष्ट्र सङ्घको आह्वान

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् ।

हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कम्पनीहरूले इजरायली सेनालाई हतियार, पाटपुर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार हनन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन् ।

जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विशेषता भएको विज्ञहरूले उल्लेख गरेका छन् । इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरुरी भएको उनीहरूले बताएका खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.