भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती |

इजरायलमा हतियार नपठाउन राष्ट्र सङ्घको आह्वान

इजरायलमा हतियार नपठाउन राष्ट्र सङ्घको आह्वान

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका ३० भन्दा बढी विज्ञले राज्य र कम्पनीलाई इजरायलमा हतियार र गोलाबारुद नपठाउन आह्वान गरेका छन् ।

हतियार बेच्ने लाइसेन्स भएका कम्पनीलाई सङ्केत गर्दै विशेष प्रतिवेदक, स्वतन्त्र विज्ञ र संयुक्त राष्ट्र मानव अधिकार परिषद्का कार्य समूहले संयुक्त वक्तव्य जारी गर्दै इजरायलमा हतियारलगायत अन्य सैन्य उपकरणको बिक्री र हस्तान्तरण रोक्न आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कम्पनीहरूले इजरायली सेनालाई हतियार, पाटपुर्जा र गोलाबारुद पठाएर अन्तर्राष्ट्रिय मानव अधिकार हनन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घनमा संलग्न हुने जोखिम रहेको विज्ञहरूले जनाएका छन् ।

जारी इजरायली सैन्य आक्रमण नागरिक तथा पूर्वाधारमा अन्धाधुन्ध आक्रमणको विशेषता भएको विज्ञहरूले उल्लेख गरेका छन् । इजरायलमाथि हतियार प्रतिबन्ध र लगानीकर्ताले निर्णायक कदम चाल्नुपर्ने आवश्यकता पहिलेभन्दा बढी जरुरी भएको उनीहरूले बताएका खबरमा उल्लेख छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.