भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १८ वैशाख । आज मे १ तारिख, १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यो दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र हकअधिकार सुनिश्चित गर्न समर्पित छ।

विश्वभरका मजदुरहरूले यो दिवसलाई पर्वका रूपमा मनाउँदै आफ्ना अधिकारको रक्षा र सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने गर्छन्। नेपालमा विभिन्न मजदुर सङ्गठनहरूले यो अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछन्।

यो दिवसको शुरुआत सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनबाट भएको हो। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम’ भन्ने नारासहित भएको उक्त आन्दोलनमा सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीको गोली लागेर सात मजदुरको ज्यान गएको थियो। यो आन्दोलनले अन्ततः सफलता प्राप्त गरेको थियो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्व श्रम सङ्गठन र श्रमिक नेताहरूको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा विसं २००३ मा विराटनगरको श्रमिक आन्दोलन र विसं २००७ को राजनीतिक परिवर्तनपछि यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को परिवर्तनपछि यो दिवसमा सार्वजनिक बिदा दिइँदै आएको छ।

नेपाल ट्रेड युनियन महासङ्घका अनुसार, विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलोपटक मे दिवस आयोजना गरेको थियो। पञ्चायती शासनको विरोधमा यो परम्परा नेपालमा भित्रिएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.