भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौँ, १८ वैशाख । आज मे १ तारिख, १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस (मे दिवस) नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यो दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र हकअधिकार सुनिश्चित गर्न समर्पित छ।

विश्वभरका मजदुरहरूले यो दिवसलाई पर्वका रूपमा मनाउँदै आफ्ना अधिकारको रक्षा र सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने गर्छन्। नेपालमा विभिन्न मजदुर सङ्गठनहरूले यो अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछन्।

यो दिवसको शुरुआत सन् १८८६ मा अमेरिकाको सिकागोमा भएको मजदुर आन्दोलनबाट भएको हो। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम’ भन्ने नारासहित भएको उक्त आन्दोलनमा सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीको गोली लागेर सात मजदुरको ज्यान गएको थियो। यो आन्दोलनले अन्ततः सफलता प्राप्त गरेको थियो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्व श्रम सङ्गठन र श्रमिक नेताहरूको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। नेपालमा विसं २००३ मा विराटनगरको श्रमिक आन्दोलन र विसं २००७ को राजनीतिक परिवर्तनपछि यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को परिवर्तनपछि यो दिवसमा सार्वजनिक बिदा दिइँदै आएको छ।

नेपाल ट्रेड युनियन महासङ्घका अनुसार, विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलोपटक मे दिवस आयोजना गरेको थियो। पञ्चायती शासनको विरोधमा यो परम्परा नेपालमा भित्रिएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.